विराटनगरमा ‘सेतो धरती’ नाटक भदौ १२ देखि १४ गतेसम्म आरोहण गुरुकुल मञ्चन हुने

<span class='c1'>विराटनगरमा ‘सेतो धरती’ नाटक भदौ १२ देखि</span> <span class='c2'>१४ गतेसम्म आरोहण गुरुकुल मञ्चन हुने</span>

विराटनगर । मदन पुरस्कार विजेता अमर न्यौपानेको चर्चित उपन्यास ‘सेतो धरती’मा आधारित नाटक विराटनगरमा मञ्चन हुने भएको छ। काठमाडौंको गैरीधारास्थित कान्तिपुर थिएटरमा १०१औँ शोसम्म मञ्चन भएर दर्शकको प्रशंसा पाएको नाटक ‘सेतो धरती’ अब कोशी प्रदेशका दर्शकमाझ प्रस्तुत गर्न लागिएको हो।

नाटक यही भदौ १२, १३ र १४ गते विराटनगरस्थित आरोहण गुरुकुलमा मञ्चन हुनेछ। तीन दिनसम्म हरेक दिन बिहान ९ बजे, दिउँसो १२ बजे र अपराह्न ३ बजे गरी तीन–तीन शो सञ्चालन हुने आयोजकले जनाएको छ। नाटकको टिकट बुकिङसमेत खुला गरिएको छ। कान्तिपुर थिएटरको वेबसाइटमार्फत ई–सेवा वा खल्तीबाट भुक्तानी गरी टिकट बुक गर्न सकिने व्यवस्था गरिएको छ। सिटअनुसार टिकटको मूल्य रु। ३००, ५००, ७०० र १ हजार निर्धारण गरिएको छ। नाटकको अवधि १ घण्टा ४० मिनेट रहेको छ।

कोशी प्रदेशको इलामकी ७ वर्षीया बाल कलाकार एड्रीन धमालाको मुख्य भूमिका रहेको ‘सेतो धरती’को परिकल्पना तथा निर्देशन सुन्दर धितालले गरेका छन्। अनुप तिमिल्सिनाले संगीत निर्देशन, सागर बिसीले सेट डिजाइन र दिपेश गजुरेलले लाइट डिजाइन गरेका छन्। नाटकको निर्माण तथा बजारीकरण कान्तिपुर थिएटर र कान्तिपुर फिल्म एकेडेमीले गरेको हो।

नाटकमा गीत विष्ट, सुहाना आचार्य, उमेश सुनाम, सजना थापा, सुष्मिता श्रेष्ठ, बिना रोक्का, अर्नव घिमिरे, विरान दहनी, प्रतीक चौधरी, नितेश लोहार, विकल्प ओली, रविन पुन मगर, अर्जुन राई, एलिना कार्की, विशाल कार्की, प्रयास खत्री, संस्कार चौलागाईं, आराध्या दाहाल, तेजस्वी शर्मा, स्वीकृति पन्त, सुप्रज्ञा शर्मा र वर्षा भण्डारालगायत कलाकारले विभिन्न पात्रको भूमिका निर्वाह गरेका छन्। काठमाडौंमा मञ्चनका क्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, प्रधानमन्त्री पत्नी सबिना काफ्ले, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, पर्यटन तथा संस्कृति मन्त्री खडकराज पौडेल, कानुनमन्त्री शोभिता गौतमलगायत पूर्वमन्त्री, सांसद, साहित्यकार तथा वरिष्ठ कलाकारले नाटक अवलोकन गरेका थिए।

त्यसैगरी वरिष्ठ कलाकार हरिहर शर्मा, हरिवंश आचार्य, राजेश हमाललगायत रंगकर्मी तथा चलचित्रकर्मीले समेत ‘सेतो धरती’को प्रशंसा गरेका थिए।
कोशी प्रदेश आसपासका विभिन्न जिल्ला तथा शहरका दर्शकलाई लक्षित गरी विराटनगरमा सीमित शो राखिएकाले अग्रिम टिकट बुकिङ गर्न आयोजकले आग्रह गरेको छ। विराटनगरमा हुने पहिलो शोमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित प्रदेशका मन्त्रीहरूको समेत उपस्थिति रहने जनाइएको छ।

नाटक मञ्चनका लागि काठमाडौंबाट ३५ जना कलाकारसहितको टोली विराटनगर आउने भएको छ। टोलीसँगै लेखक अमर न्यौपाने, सञ्चारकर्मी टीकाराम यात्री तथा कान्तिपुर फिल्म एकेडेमी एवं थिएटरका सीईओ प्रकाश पुरीसमेत विराटनगर आउने जनाइएको छ। विराटनगरपछि ‘सेतो धरती’ चितवन र पोखरामा समेत मञ्चन हुने आयोजकले जनाएको छ। नाटकको मञ्चन, टिकट तथा अन्य जानकारी कान्तिपुर थिएटरको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत उपलब्ध गराइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्