हिमताल विस्फोटको जोखिममा कोशी : ४२ ताल ‘टिकटिक गर्दै’

<span class='c1'>हिमताल विस्फोटको जोखिममा कोशी :</span> <span class='c2'>४२ ताल ‘टिकटिक गर्दै’</span>

विराटनगर भदौ १२ ,

भोटेकोशीमा आएको विनाशकारी बाढीले सयौँको ज्यान लिएको र अर्बौंको क्षति पुर्‍याएको घटना सेलाउन नपाउँदै कोशी प्रदेशमा ४२ वटा हिमताल विस्फोटको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक भएको छ।

सरकारी प्रतिवेदनअनुसार अरुण, तमोर, दुधकोशी, तामाकोशी र सुनकोशी जलाधारका हिमतालहरू जलवायु परिवर्तनका कारण तीव्र गतिमा फैलिरहेका छन्। १० जिल्लाका १२ हजार ७०६ घरधुरी प्रत्यक्ष जोखिममा छन्।

हिमताल फुटेमा नदी किनारका बस्ती मात्र होइन, जलविद्युत् आयोजना, पुल, सडक र सरकारी संरचनामा अर्बौंको क्षति हुनसक्ने चेतावनी विज्ञहरूले दिएका छन्।

पछिल्लो १० वर्षमै कोशीमा मनसुनजन्य विपद्बाट ५४३ जनाको मृत्यु, ८६ जना बेपत्ता र १५ अर्बभन्दा बढी आर्थिक क्षति भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्