विराटनगर भाद्र १२ ,
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि शारदा ग्रुप र जाजु ग्रुपले ६० लाख रुपैयाँभन्दा बढीको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेका छन्।
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत १ लाख प्याकेट रमपम चाउचाउ, १ लाख प्याकेट गुडलाइट बिस्कुट र १ लाख प्याकेट गुलाइट जुस उपलब्ध गराइने कम्पनीका ब्राण्ड म्यानेजर बसन्तमान श्रेष्ठले बताए।
विपद्को घडीमा प्रभावित नागरिकलाई तत्काल खाद्यान्न र आवश्यक सामग्री पुर्याउने उद्देश्यले सहयोग घोषणा गरिएको श्रेष्ठको भनाइ छ।