विराटनगर।कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले विपद्को समयमा आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन्।
पराजुलीले प्रदेशसभाबाट आफूले प्राप्त गर्ने एक महिनाको पारिश्रमिकबापतको ५३ हजार रुपैयाँ विपद् प्रभावितको सहयोगका लागि उपलब्ध गराउने बताएका हुन्। उनले महाविपद्को अवस्थामा आफूले प्राप्त गर्ने पारिश्रमिकको एक महिनाको रकम सहयोग गर्ने निर्णय गरेको जनाउँदै दुःख र संकटको समयमा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताएका छन्।
विपद्को समयमा मानवीय सहयोग, सहकार्य र एकता आवश्यक रहेको उल्लेख गर्दै पराजुलीले सबैलाई आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नसमेत आग्रह गरेका छन्।