देव सेवा समिति विराटनगरद्धारा खुला रक्तदान , २२ पिन्ट रगत संकलन

<span class='c1'>देव सेवा समिति विराटनगरद्धारा खुला रक्तदान</span> <span class='c2'>, २२ पिन्ट रगत संकलन</span>

विराटनगर । विराटनगर रानी सिकियायीमा रहेको देव सेवा समिति विराटनगर र विराट देव युवा उपसमितिको आयोजनामा विराटनगरमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ‘आउनुहोस् रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित नेपाल रेडक्रस सोसाईटी विराटनगरको प्राविधीक सहयोगमा शनिबार विराटनगर–१२ र १३ स्थित हनुमान मन्दिर, नहर चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

रक्तको अभावका कारण बिरामीको उपचार प्रभावित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न रक्त समूहका गरी २२ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक सुरज देवले जानकारी दिनुभयो। रक्तदान मानव जीवन बचाउने महत्वपूर्ण सामाजिक कार्य भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्