नेपाल बिजनेस कलेजको आयोजनामा राष्ट्रियस्तरको ‘ई–स्पोर्ट्स ओडिसी सिजन–१’ सम्पन्न

<span class='c1'>नेपाल बिजनेस कलेजको आयोजनामा राष्ट्रियस्तरको</span> <span class='c2'>‘ई–स्पोर्ट्स ओडिसी सिजन–१’ सम्पन्न</span>

विराटनगर । विराटनगर–११ स्थित नेपाल बिजनेस कलेजको आयोजनामा राष्ट्रियस्तरको ‘ई–स्पोर्ट्स ओडिसी सिजन–१’ प्रतियोगिताको फाइनल स्थानीय क्षेत्र सञ्जाल खेल सम्पन्न भएको छ।

कलेजका अनुसार विराटनगरमा पहिलोपटक आयोजना गरिएको उक्त राष्ट्रियस्तरको ई–स्पोर्ट्स प्रतियोगितामा कुल १ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि राखिएको थियो। प्रतियोगिता भदौ १० गते बिहान १० बजेदेखि विराटनगरस्थित मारवाडी सेवा सदनमा सुरु भई साँझ ६ बजे सम्पन्न भएको हो।

प्रतियोगिताको पहिलो चरणमा देशभरबाट ४३२ टोली सहभागी भएका थिए। दोस्रो चरणका लागि १४४ टोली छनोट भएका थिए भने तेस्रो चरणमा ७२ टोली पुगेका थिए। तेस्रो चरणबाट ३६ टोली सेमिफाइनलमा प्रवेश गरेका थिए। अन्ततः फाइनल LAN खेलका लागि नेपालभरबाट १२ टोली छनोट भएका थिए।

प्रतियोगितामा Nepal on Top टोलीले प्रथम स्थान हासिल गर्दै ५० हजार रुपैयाँ नगदसहित ट्रफी हात पारेको छ। त्यस्तै, TRINETRA टोली दोस्रो हुँदै ३० हजार रुपैयाँ तथा ट्रफी प्राप्त गरेको छ भने 07 eSports टोली तेस्रो हुँदै २० हजार रुपैयाँसहित पुरस्कृत भएको छ।

त्यसैगरी, TRINETRA का Yuri प्रतियोगिताको Most Valuable Player (MVP) घोषित हुँदै ५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्न सफल भएका छन्। प्रतियोगितामा चौथोदेखि १२औँ स्थानसम्म हासिल गर्ने टोलीलाई क्रमशः १५ हजार, १० हजार, ६ हजार, ४ हजार, ३ हजार, २ हजार ५ सय, २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

नेपाल बिजनेस कलेजकी निर्देशक तथा प्रिन्सिपल पिंकी शर्माका अनुसार विश्वभर लोकप्रिय हुँदै गएको ई–स्पोर्ट्स क्षेत्रमा नेपालका खेलाडीलाई प्रोत्साहन गर्दै अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

“विश्वमा यस किसिमका खेल नियमित रूपमा आयोजना भइरहेका छन्। नेपालबाट पनि यस्ता प्रतियोगितामार्फत विश्वजगतमा नेपालको प्रतिनिधित्व होस् र नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनियोस् भन्ने उद्देश्यले राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेका हौँ,” शर्माले भनिन्।

प्रतियोगिता हेर्न विराटनगर तथा आसपासका क्षेत्रबाट दर्शकको बाक्लो उपस्थिति रहेको थियो। सहभागी दर्शकले ई–स्पोर्ट्समा रुचि राख्ने खेलाडीको मनोबल बढाउन यस्ता प्रतियोगिता नियमित रूपमा आयोजना गर्नुपर्ने धारणा राखेका थिए।

प्रतियोगितामा सहभागी १२ टोलीका ६० भन्दा बढी खेलाडीका लागि खाना तथा बसोबासको व्यवस्था समेत कलेजले गरेको थियो। विराटनगरमा पहिलोपटक आयोजना गरिएको यस्तो राष्ट्रियस्तरको ई–स्पोर्ट्स प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने प्रिन्सिपल शर्माले बताइन्।

नेपाल सरकार, शिक्षा मन्त्रालयको अनुमति तथा Lincoln University, Malaysia बाट सम्बन्धन प्राप्त नेपाल बिजनेस कलेजमा हाल स्नातक तहअन्तर्गत BBA, BIT र BHM तथा स्नातकोत्तर तहमा MBA कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्