विराटनगर । भोटेकोशी लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउन विराटनगरका युवा तथा कन्टेन्ट क्रिएटरहरू एकजुट भएका छन्। ‘विराटनगर कन्टेन्ट क्रिएटर्स’ को पहलमा बाढीपीडितका लागि अत्यावश्यक राहत सामग्री सङ्कलन अभियान सुरु गरिएको हो।
‘बाढीपीडितका लागि एकजुट’नाराका साथ सुरु गरिएको अभियानअन्तर्गत बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्य, स्वास्थ्य तथा सरसफाइका सामग्री सङ्कलन गरिने आयोजकले जनाएको छ। अभियानमा सहयोग गर्न इच्छुक व्यक्तिहरूले निम्न सामग्री उपलब्ध गराउन सक्नेछन् :
स्वास्थ्य तथा सरसफाइका सामग्री
स्यानिटरी प्याड
डायपर
साबुन तथा स्याम्पु
टुथपेस्ट र टुथब्रस
स्यानिटाइजर तथा ह्यान्डवाश
डिटर्जेन्ट
खाद्य तथा प्राथमिक उपचार सामग्री
बेबी फुड
जीवनजल
फर्स्ट एड किट तथा प्राथमिक उपचारका सामग्री
अन्य आवश्यक सामग्री
झुल
लामखुट्टे धूप
टावेल
लाइटर तथा सलाई
इमर्जेन्सी लाइट तथा टर्च
राहत सामग्री उपलब्ध गराउन चाहनेहरूका लागि विराटनगर–७ स्थित ‘दाजु चिया’ नजिकै राहत सामग्री सङ्कलन केन्द्र तोकिएको छ। उक्त केन्द्रमा बिहान १० बजेदेखि साँझ ७ बजेसम्म राहत सामग्री बुझाउन सकिने आयोजकले जनाएको छ। अभियानबारे थप जानकारी तथा सहयोगका लागि ९८५२०२१६६१ मा सम्पर्क गर्न सकिनेछ।
विपद्को यस कठिन घडीमा बाढीपीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन तथा राहत अभियानलाई प्रभावकारी बनाउन विराटनगरका सम्पूर्ण नगरवासीलाई अभियानमा जोडिन आयोजकले अपिल गरेका छन्।