रसुवाका बाढीपीडितका लागि विश्व हिन्दु परिषद् नेपाल विराटनगरद्वारा राहत सामग्री पठाइँदै

<span class='c1'>रसुवाका बाढीपीडितका लागि विश्व हिन्दु परिषद्</span> <span class='c2'>नेपाल विराटनगरद्वारा राहत सामग्री पठाइँदै</span>

विराटनगर । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि विराटनगरबाट राहत सामग्री पठाउने तयारी गरिएको छ। विपद्को समयमा बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले विश्व हिन्दु परिषद् नेपाल युवा विभाग विराटनगरले विभिन्न समाजसेवी तथा सहयोगी हातबाट खाद्यान्न तथा लत्ताकपडा संकलन गरेको हो। युवा विभागले संकलन गरेको राहत सामग्री भदौ १५ गते सोमबार बाढी प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको विभागका संयोजक सन्दीप साहले जानकारी दिए। उनका अनुसार विराटनगरका विभिन्न क्षेत्रबाट स्वस्फूर्त रूपमा संकलन गरिएको सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएर आवश्यकताअनुसार वितरण गरिनेछ।

विभागले चामल, दाल, खानेतेल, पानी, चिउरा, भुजा, बिस्कुट, बालबालिकाका कपडा, प्याड, जुत्ता–चप्पल लगायतका खाद्यान्न, कपडा तथा घरायसी सामग्री संकलन गरेको जनाएको छ। संयोजक साहले विपद्को घडीमा मानवीय सहयोगको भावना अभिवृद्धि गर्दै बाढीपीडितलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले राहत संकलन गरिएको बताए।

गत भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीका कारण ठूलो संख्यामा नागरिक प्रभावित भएका छन् भने भौतिक संरचना तथा धनमालमा समेत व्यापक क्षति पुगेको छ। यसैबीच विराटनगरका उद्योगी, व्यवसायी, शैक्षिक तथा स्वास्थ्य क्षेत्र, मिडिया हाउस, समाजसेवी तथा सर्वसाधारणले समेत बाढीपीडितको सहयोगका लागि आर्थिक तथा भौतिक सहयोग गर्ने क्रम जारी राखेका छन्।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबैले आफ्नो क्षमता र स्थानअनुसार सहयोग गर्नुपर्ने आवश्यकता रहेको सरोकारवालाहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्