विराटनगर। विराटनगर–११ स्थित बाल कल्याण विद्यामन्दिर मा.वि. ले रसुवा र नुवाकोटमा गएको भीषण बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि १० लाख रुपैयाँ प्रदान गरेको छ। स्कुलका कर्मचारी सहितको सहयोगमा उक्त रकम सहयोग गरिएको स्कुलका प्रशाशन प्रमुख रामहरी देवकोटाले आवर विराटनगरलाइ बताए ।
विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक–कर्मचारी तथा विद्यालय परिवारको तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरिएको हो। विद्यालयले विपद्को यस कठिन घडीमा बाढीपीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ। विद्यालय परिवारले मानवीय सेवामा सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको समेत जनाएको छ।