विराटनगर। रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ‘रेनको’ कम्पनीले ५ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको निर्देशक नवीन झुन्झुन्वालाले जानकारी दिए।
विपद्को कठिन घडीमा बाढीपीडित नागरिकको साथमा उभिँदै राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको झुन्झुन्वालाले बताए। बाढीले ठूलो जनधनको क्षति पुर्याइरहेको अवस्थामा निजी क्षेत्रबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम बढिरहेको छ।