विराटनगर । बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विराटनगर–१६ स्थित रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।
संस्थाका अध्यक्ष प्रमोद कुमार शाहले विपद्का बेला प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको जानकारी दिए।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूले राहत कोषमा सहयोग गर्ने क्रम बढिरहेको छ। लाभान्वित सहकारीको यो सहयोग पनि विपद्मा परेका नागरिकको राहत तथा पुनर्स्थापनामा उपयोग हुने अपेक्षा गरिएको छ।