बाढीपीडितका लागि उद्योगी श्याम राठीद्वारा १३ लाख ५० हजार रुपैयाँ सहयोग

<span class='c1'>बाढीपीडितका लागि उद्योगी श्याम राठीद्वारा १३</span> <span class='c2'>लाख ५० हजार रुपैयाँ सहयोग</span>

विराटनगर । विराटनगरका उद्योगी श्याम राठीले बाढीपीडितहरूको राहतका लागि १३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएका छन्।
राठीले आफू आबद्ध राठी केबलबाट ११ लाख रुपैयाँ र पल्लवी लुब्रिकेन्टबाट २ लाख ५० हजार रुपैयाँ गरी कुल १३ लाख ५० हजार रुपैयाँ बाढीपीडितहरूको राहत तथा सहयोगका लागि उपलब्ध गराउने भएका हुन्।

हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूलाई राहत पुर्‍याउने उद्देश्यले उक्त सहयोग प्रदान गर्न लागिएको जनाइएको छ। विपद्को कठिन समयमा उद्योगी तथा निजी क्षेत्रबाट गरिएको यस्तो सहयोगले पीडित परिवारहरूको राहत तथा पुनःस्थापनामा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्