रसुवा बाढीपीडितका लागि विराटनगर जेसीजको ‘बाँच्नेलाई बचाउने’ अभियान

<span class='c1'>रसुवा बाढीपीडितका लागि विराटनगर</span> <span class='c2'>जेसीजको ‘बाँच्नेलाई बचाउने’ अभियान</span>

विराटनगर । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि विराटनगर जेसीजले राहत सामग्री संकलन अभियान सुरु गरेको छ। ‘बाँच्नेलाई बचाउने हाम्रो जेसीज अभियान’ नारासहित सुरु गरिएको अभियानमार्फत बाढीपीडितका लागि अत्यावश्यक सामग्री संकलन गरिने विराटनगर जेसीजले जनाएको छ।

अभियानअन्तर्गत टेन्ट (पाल), दाल, चामल, तरकारी तथा औषधिजन्य सामग्री सहयोग गर्न आह्वान गरिएको छ। विपद्को कठिन घडीमा प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। विराटनगर जेसीजले मानवीय सेवाको यस अभियानमा सक्दो सहयोग गरी बाढीपीडित परिवारको जीवन सहज बनाउन हातेमालो गर्न सबैमा आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्