विराटनगरको शिक्षादीप कलेजद्धारा बाढीपीडितका लागि १२ लाख ५१ हजार सहयोग

<span class='c1'>विराटनगरको शिक्षादीप कलेजद्धारा बाढीपीडितका लागि</span> <span class='c2'>१२ लाख ५१ हजार सहयोग</span>

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेज परिवारले सामाजिक उत्तरदायित्व वहन गर्दै भोटेकोशी बाढीपीडितका लागि १२ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । कलेजका शिक्षक, कर्मचारी तथा विद्यार्थीले स्वेच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । कलेजले मंगलबार उक्त रकम कोषमा जम्मा गरेपछि त्यसको भौचर तथा चेक बोर्ड मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालालाई हस्तान्तरण गरेको छ ।

कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, अध्यक्ष भीम पराजुली, निर्देशकद्वय भूपेन्द्र दाहाल र शंकर भट्टराईसहित विद्यार्थीहरूले सहायक प्रमुख जिल्ला अधिकारी कोइरालालाई भौचर तथा चेक हस्तान्तरण गरेका थिए ।

भौचर हस्तान्तरणपछि सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले विपद्को घडीमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेकोमा शिक्षादीप कलेज परिवार र विद्यार्थीलाई धन्यवाद व्यक्त गरे । उनले पढाइसँगै विद्यार्थीलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवाका कार्यमा समेत सक्रिय हुन प्रोत्साहित गरे ।

कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले भदौ १० गते भोटेकोशीमा आएको बाढीको घटनाले देशलाई स्तब्ध बनाएको अवस्थामा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ अभियान सुरु गरिएको बताए ।

“भोटेकोशीको घटनाले हामी सबैलाई दुःखी बनायो । यस्तो विपद्को समयमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले कलेज परिवारमा अभियान सुरु गरेका हौँ,” प्रिन्सिपल खड्काले भने, “शिक्षक, कर्मचारी र विद्यार्थीको सामूहिक सहभागितामा स्वेच्छिक रूपमा रकम संकलन गर्दै जाँदा १२ लाख ५१ हजार रुपैयाँ जम्मा भयो । यो रकम हामी सबैको साझा सहयोग हो ।”

संकलन भएको रकम जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उनले बताए ।

शिक्षादीप कलेजले यसअघि पनि विपद्का समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग गर्दै आएको जनाएको छ । कोभिड–१९ महामारीका बेला अस्पतालहरूमा अक्सिजनको चरम अभाव हुँदा कलेजले विभिन्न अस्पताललाई १ सय थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको प्रिन्सिपल खड्काले बताए ।

अक्सिजन सिलिन्डर सहयोगमा मात्र सीमित नरही कलेजले आगलागी, बाढी तथा अन्य विपद्का समयमा राहत सामग्री, स्वास्थ्य सामग्रीलगायत सहयोग गर्दै आएको उनले बताए । विगतका विभिन्न विपद्मा करिब १० लाख रुपैयाँ बराबरको सहयोग गरिएको कलेजले जनाएको छ ।

कलेजले शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी विद्यार्थीलाई समाज र समुदायप्रति उत्तरदायी नागरिकका रूपमा विकास गर्ने उद्देश्यले यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्