राधाकृष्णका मूर्ति बनाउन र रंगाउन विराटनगरका मूर्तिकारलाई भ्याइनभ्याई

<span class='c1'>राधाकृष्णका मूर्ति बनाउन र</span> <span class='c2'>रंगाउन विराटनगरका मूर्तिकारलाई भ्याइनभ्याई</span>

प्रेम देवान,
विराटनगर । श्रीकृष्ण जन्माष्टमीको लागि विराटनगरका मूर्तिकार तथा कलाकारहरूलाई राधाकृष्णका मूर्ति बनाउन र रंगाउन भ्याइनभ्याई भएको छ । यसपटकको भदौ १९ गते शुक्रबार परेको श्रीकृष्ण जन्माष्टमीका लागि विराटनगरका विभिन्न टोल तथा स्थानमा मूर्ति निर्माण, रंगरोगन र पण्डाल सजाउने काम तीव्र रूपमा भइरहेको छ ।


जन्माष्टमीका अवसरमा विराटनगरका विभिन्न टोलमा पण्डाल निर्माण गरी राधाकृष्णको पूजा आराधना गर्ने परम्परा छ । यस वर्ष पनि ठाउँ–ठाउँमा पण्डाल टाँग्ने काम सुरु भइसकेको छ भने कतिपय स्थानमा सजावटको कामसमेत अन्तिम चरणमा पुगेको छ । जन्माष्टमीका लागि आवश्यक खर्च जुटाउन बालबालिका तथा आयोजक समूहले घरघरमा पुगेर सहयोग रकम संकलन गरिरहेका छन् ।

यही अवसरलाई लक्षित गर्दै विराटनगरका विभिन्न क्षेत्रमा कलाकारहरू माटोबाट राधा र कृष्णका मूर्ति निर्माण गर्न तथा तिनलाई आकर्षक बनाउन रंगरोगन गर्न व्यस्त छन् । विशेषगरी विराटनगर–१२ र १३ को सैनिक टोलस्थित महतोटोल क्षेत्रमा अहिले कलाकारहरूलाई मूर्ति बनाउन र रंगाउन चटारो परेको छ ।


माटोलाई विभिन्न आकारमा ढाल्दै राधाकृष्णका आकर्षक आकृति तयार गर्ने, सुकाउने तथा त्यसपछि रंगरोगन गरी अन्तिम रूप दिने काममा कलाकारहरू व्यस्त देखिन्छन् । मूर्तिलाई आकर्षक बनाउन अनुहारको भाव, पोसाक, गहना तथा रंग संयोजनमा विशेष ध्यान दिने गरिएको कलाकारहरू बताउँछन् ।
महतोटोलबाहेक विराटनगरको बरगाछी, रानीको मन्टापोखरी, विराटनगर–७ र ८ हुँदै सिंघिया खोला आसपास तथा रामपुर क्षेत्रमा समेत कलाकारहरूले माटोका मूर्ति निर्माण गर्दै आएका छन् । जन्माष्टमीको समयमा यी क्षेत्रमा तयार हुने मूर्तिको माग बढ्ने भएकाले कलाकारहरू केही साताअघिदेखि नै यसको तयारीमा जुट्ने गरेका छन् ।

कलाकारहरूका अनुसार मूर्तिको आकार, बनावट र सजावटअनुसार मूल्य फरक पर्ने गरेको छ । सामान्य आकारका मूर्ति करिब एक हजार रुपैयाँदेखि ठूला तथा आकर्षक मूर्तिको मूल्य १० हजार रुपैयाँसम्म पर्ने गरेको उनीहरू बताउँछन् ।
जन्माष्टमीका लागि मूर्ति निर्माण धार्मिक आस्थासँग जोडिएको काम भए पनि पछिल्लो समय स्थानीय कलाकारका लागि यो आम्दानीको माध्यमसमेत बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्