विराटनगर भन्सार, आफैं जाँचपास, आफैं कारवाही

<span class='c1'>विराटनगर भन्सार, आफैं</span> <span class='c2'>जाँचपास, आफैं कारवाही</span>

विराटनगर । भदौ १४ गते राती भारतीय नम्बरप्लेट एनएल ०२ क्यू ०५३२ नम्बरको ट्रकलाई कोशी राजमार्गबाट सशस्त्र प्रहरी बलले राती नियन्त्रणमा लियो । हार्डवेयर, मोटरपार्टस्, मेडिकलका सामान बोकेको ट्रकलाई भोलिपल्ट विराटनगर भन्सारमा बुझायो ।
भन्सार जाँचपास गरेर छुटेको उक्त ट्रकमा प्रज्ञानपत्रपत्र बाहेका सामान रहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नम्बर ३ गण हेडक्वाटर कंकालिनी टंकीसिनवारीको टोलिले नियन्त्रणमा लिएको थियो । सशस्त्रले नियन्त्रणमा लिएको ट्रक भन्सारमा फर्काएर गरिएको पुनःपरीक्षणमा सात कार्टुन सामान बढी फेला प¥यो ।

त्यसका आधारमा भन्सार कार्यालयले क्लियरिङ्ग एजेन्ट नम्बर २०८१ का बिनोद पोद्दारका दुईजना प्रतिनिधिलाई अनिल पोद्दार र अरुणकुमार साहलाई नियन्त्रणमा लिइएको थियो । विराटनगर भन्सार कार्यालयले दुवै जना प्रतिनिधिलाई ७९ हजार ४८४ का दरले १ लाख ५८ हजार ९६८ रुपिँया जरिवाना गरेको छ । त्यस बाहेक ७५ हजार धरौटी बुझाएपछि दुवैजना मंगलबार रिहाई भएका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार एजेन्टको क्लियरिङ नम्बर निलम्बन गर्ने विषयमा थप अनुसन्धानकै प्रक्रियामा रहेको बताउनुहुन्छ । उहाँका अनुसार बद्मासी भएको हकमा कर्मचारी समेत कारवाहीमा पर्नेछन् ।

तर, भन्सार राजस्व छलीमा यस अगाडी जाँचपासपछि कुनै शंका भएमा राजस्व इकाईले त्यसको अनुसन्धान गर्दै आएको थियो । अहिले त्यो प्रावधान हटाएर भन्सारले नै पुनःपरीक्षण गर्दछ । उहि निकायले जाँचपास गरिसकेर छुटेको सामान उहि निकायले नै पुनः परीक्षण गर्दा कर्मचारीको संलग्नताको विषय कारवाहीभागी भएको पाइदैन । प्रमुख भन्सार अधिकृत श्रेष्ठले कर्मचारीलाई समेत त्यहिस्तरको कारवाही हुनेछ, त्यस बाहेक बारम्बार यो घटना दोहोरिन थालेपछि अब नीतिगत रुपमै सुधार गर्न भन्सार प्रशासनलाई कडाई बनाउन लागिएको उहाँले दावी गर्नुभयो । यस अगाडी गत असार २५ गते समेत विराटनगर भन्सार कार्यालय परिसरमा जाँचपासपछि गन्तव्यतर्फ लागेको भारतीय नम्बर भएको मालवहाक ट्रकलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा बल रानीले पक्राउ गरेर बुझाएको थियो । जाँचपास भइसकेको ट्रकमा कैफियत रहेको सूचना भएपछि त्यसको अन्तिम परीक्षण गर्न भन्सार कार्यालयमा बुझाइको थियो । भारतीय नम्बर बीआर ०१६ ए ३३४७ भएको ट्रक नियन्त्रणपछि पुनः परीक्षण गर्दा समेत कैफियत रहेको थियो । जसका आधारमा एजेन्ट भरत भट्टराईको लाइसेन्स नै निलम्बन गरिएको थियो । त्यसबेला मालवस्तु आयात गर्ने प्रतिनिधि अकबर अलीलाई पाँचलाख ४३ हजार रुपिँया जरिवाना गरिएको थियो । जुन मालवस्तुको जाँचपास समेत भन्सार कर्मचारीले नै गरेका थिए ।

सशस्त्र प्रहरीले सूचना पाएर नियन्त्रणमा लिएबाहेक प्रत्येक सवारीमा प्रज्ञापनपत्र भन्दा बाहिरका सामान आयात हुनसक्ने संभावना उतिकै देखिन्छ । यस्तोमा भन्सारका कर्मचारी र एजेन्टको मिलेमतो हुँदा आयातकर्ताको प्रलोभनमा राजस्वमा हानी पु¥याउन सक्ने देखिन्छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख श्रेष्ठले बारम्बार दोहोरिने समस्यालाई न्यूनीकरण गर्नका लागि थप केहि सुधार गर्ने तयारी भइरहेको दावीगर्नुभयो । तर, प्रज्ञापनपत्रका आधारमा स्वघोषणा भइसकेको वस्तुसँगै अन्य वस्तु समेत एउटै मालवाहक सवारीमा राखेर भित्र्याउँदा समेत जाँचपास गर्ने कर्मचारी गम्भीर बनेको देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्