विराटनगरको ऐतिहासिक रथयात्राका लागि १ हजार १ सदस्यीय मूल समारोह समिति, २१ उपसमिति

<span class='c1'>विराटनगरको ऐतिहासिक रथयात्राका लागि १ हजार १</span> <span class='c2'>सदस्यीय मूल समारोह समिति, २१ उपसमिति</span>

सोनु साह,
विराटनगर । विराटनगरमा शनिबार अर्थात् भदौ २० गते निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राका लागि २१ वटा उपसमितिसहित १ हजार १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। राधाकृष्ण मन्दिर कार्यसमितिले रथयात्रालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न विभिन्न जिम्मेवारीसहित उपसमितिहरू गठन गरेको हो।

राधाकृष्ण मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार मूल समारोह समितिअन्तर्गत गठन गरिएका सबै उपसमितिलाई रथयात्रासँग सम्बन्धित विभिन्न जिम्मेवारी प्रदान गरिएको छ। गठन गरिएका उपसमितिहरूमा रथ मार्ग संकेत निर्देशन उपसमिति, भाँकी व्यवस्था उपसमिति, रथ श्रृंगार उपसमिति, सुपरिवेक्षण उपसमिति, स्वास्थ्य तथा प्राथमिक उपचार उपसमिति, प्राविधिक उपसमिति, स्वयंसेवक उपसमिति, प्रसाद व्यवस्थापन उपसमिति, पिउने पानी व्यवस्थापन उपसमिति, फोहोर व्यवस्थापन उपसमिति, सामाजिक सञ्जाल उपसमिति, प्रचार–प्रसार तथा सञ्चार उपसमिति, अध्ययन तथा अनुसन्धान उपसमिति, नगर श्रृंगार उपसमिति, मन्दिर श्रृंगार उपसमिति, विद्युत व्यवस्थापन उपसमिति, ब्राह्मण व्यवस्थापन उपसमिति, स्वागत सम्मान व्यवस्थापन उपसमिति, सि.सि.टि.भि. क्यामेरा उपसमिति, पूजा तथा धार्मिक उपसमिति तथा निमन्त्रण तथा सम्प्रेषण उपसमिति रहेका छन्।

अध्यक्ष रेग्मीले रथयात्राका क्रममा सहभागी भक्तजनको सुरक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, विद्युत, सञ्चार तथा अन्य व्यवस्थापनलाई प्रभावकारी बनाउन उपसमितिहरूलाई आ–आफ्नो जिम्मेवारी तोकिएको बताए। यस वर्षको राधाकृष्ण रथयात्रा भदौ २० गते दिउँसो ३ बजे विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट निकालिने तयारी गरिएको छ। रथयात्रामा ठूलो संख्यामा भक्तजन तथा सर्वसाधारण सहभागी हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्