उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र कोशीका उद्योगीबीच भेटघाट

<span class='c1'>उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन</span> <span class='c2'>श्रेष्ठ र कोशीका उद्योगीबीच भेटघाट</span>

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष अन्जन श्रेष्ठले पूर्वका उद्योगीहरुसँग बुधबार भेटघाट गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा आएका उनलाई प्रदेशका अध्यक्ष राजेन्द्र राउतले स्वागत सम्मान गरेका छन् ।

कार्यक्रममा अध्यक्ष राउतले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे चर्चा गर्दै पछिल्लो समय देशमा देखिएको विपद्का कारण व्यवसायीहरू थप समस्यामा परेको बताएका थिए । विशेषगरी चाडपर्वको समयमा बजारमा अपेक्षाअनुसार व्यापार–व्यवसाय हुन नसक्दा व्यवसायीहरू प्रभावित भएको र यसको प्रत्यक्ष असर बैंकको ब्याज भुक्तानीदेखि सरकारको राजस्व संकलनसम्म परेको जानकारी गराएका थिए ।

महासंघका केन्द्रीय अध्यक्ष अन्जन श्रेष्ठ इटहरीमा आयोजना गरेको सीप तथा रोजगार मेलामा सहभागी हुने क्रममा कोशी प्रदेश महासंघ आएका हुन् । उनले अध्यक्ष श्रेष्ठले कोशी प्रदेश महासंघ र कोशी प्रदेश सरकारबीचको सम्बन्ध सुमधुर रहेकाले प्रदेशमा महासंघले विभिन्न गतिविधि सञ्चालन गर्न सहज वातावरण बनेको बताएका थिए । आगामी दिनमा सीपमूलक तालिमलाई थप प्रभावकारी बनाउँदै महिला उद्यमीहरूको विकास र प्रवद्र्धनका लागि समेत कार्यक्रम सञ्चालन गर्न उनले सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्