विदेशी नाउका कलेज नेपालको संविधानविपरीत शैक्षिक अभियान्ता पाण्डेको आरोप

<span class='c1'>विदेशी नाउका कलेज नेपालको संविधानविपरीत</span> <span class='c2'>शैक्षिक अभियान्ता पाण्डेको आरोप</span>

विराटनगर । डियर वाक ग्रुपका संस्थापक रुद्र पाण्डेले विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजहरू रोक्नुपर्ने माग गरेका छन् ।
विराटनगरमा बुधबार पत्रकार सम्मेलनमा पाण्डेले आफू विगत १८ महिनादेखि नेपालको शैक्षिक क्षेत्र सुधारका लागि अभियानमा सक्रिय रहेको बताए। गैरआवासीय नेपाली (एनआरएन) समेत रहेका पाण्डेले नेपालका विश्वविद्यालयलाई नै गुणस्तरीय र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएका छन् ।

पाण्डेका अनुसार विदेशी विश्वविद्यालयका दर्जनभन्दा बढी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालभर ५८ वटा कलेज सञ्चालनमा छन् र ती कलेजमा करिब ३६ हजार विद्यार्थी अध्ययनरत छन्। । उनले यस्ता कलेज सञ्चालन नेपालको संविधानविपरीत रहेको समेत दाबी गरेका छन् ।

विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजहरू गुणस्तरीय नभएको, रोजगारीको प्रलोभन देखाएर विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्ने गरेको र उनीहरूलाई ठगी गरिरहेको पाण्डेले आरोप लगाएका छन् । उनले यस्ता कलेजका कारण विद्यार्थी तथा अभिभावक समस्यामा परेको दाबी गर्दै सम्बन्धनमा आधारित कलेज सञ्चालनको विषयमा सरकारले गम्भीर समीक्षा गर्नुपर्ने बताए ।

“विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा कलेज सञ्चालन गर्नु गलत हो। यो नेपालको संविधानविपरीतको कार्य हो” पाण्डेले भने। पाण्डेले विगतका सरकारले विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर सञ्चालित कलेजलाई रोक्न नसकेको आरोप पनि लगाए। अहिले मुलुकमा बलियो सरकार भए पनि यस विषयमा सरकारको पर्याप्त ध्यान जान नसकेको उनको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्