नेपाली काङ्ग्रेस विराटनगर नगर सभापतिमा कृष्णबहादुर कार्की विजयी (अन्य पदको मतपरिणामसहित)

<span class='c1'>नेपाली काङ्ग्रेस विराटनगर नगर सभापतिमा कृष्णबहादुर</span> <span class='c2'>कार्की विजयी (अन्य पदको मतपरिणामसहित)</span>

विराटनगर, असोज १५ 

नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका कार्यसमितिको सभापतिमा कृष्णबहादुर कार्की भारी मतान्तरले निर्वाचित हुनुभएको छ।

सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले ६४६ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी केशव गिरीले १२६ मत मात्र प्राप्त गर्नुभएको छ।

त्यसैगरी, उप-सभापति (महिला) पदमा श्रुती शर्मा ४५५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाँकी प्रतिस्पर्धी कृष्णा कुमारी साहले २२९ मत प्राप्त गर्नुभयो।

यस्तै, उप-सभापतितर्फ शुभाषित कोइराला निर्विरोध निर्वाचित हुनुभएको छ।

जिल्ला कार्यसमिति सदस्यहरू (महानगरबाट):

खुलातर्फ (३ जना निर्वाचित): ज्ञानेश्वर नेपाल (२८८ मत), सुमन प्रसाईँ (२०५ मत) र सुरेन्द्र भट्टराई 'सुगल' (२०४ मत) निर्वाचित हुनुभएको छ।

महिलातर्फ (२ जना निर्वाचित): सावित्रा पोखरेल (४३२ मत) र उमा घिमिरे (३८९ मत) निर्वाचित हुनुभएको छ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्ने क्रम जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्