विराटनगर–१६ मा कोठाभित्रै बब्लु श्रेष्ठको श*व फेला, फ्रिजनजिकै टाँसिएको अवस्थामा भेटियो

<span class='c1'>विराटनगर–१६ मा कोठाभित्रै बब्लु श्रेष्ठको श*व</span> <span class='c2'>फेला, फ्रिजनजिकै टाँसिएको अवस्थामा भेटियो</span>

विराटनगर

विराटनगर महानगरपालिका–१६ बर्माटोलमा एक पुरुषको कुहिएको अवस्थामा शव फेला परेको छ । स्थानीय अमोद लामाको घरमा कोठा भाडामा लिएर एक्लै बस्दै आएका ४८ वर्षीय बब्लु श्रेष्ठको शव शुक्रबार बिहान फेला परेको हो । श्रेष्ठ बस्दै आएको कोठाको ढोका भित्रबाट चुकुल लगाइएको थियो । कोठाबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले शंका लागेर बाहिरबाट चिहाएर हेर्दा व्यक्ति ढलेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक प्रवीण घिमिरेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीय जनप्रतिनिधिको रोहबरमा ढोका खोलेर हेर्दा श्रेष्ठको शव कोठाभित्र फ्रिजसँगै टाँसिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवको अवस्था हेर्दा शरीर कालो–निलो भइसकेको र केही दिनदेखि कोठामै रहेको हुनसक्ने देखिएको छ । फ्रिजसँगै टाँसिएको अवस्थामा शव भेटिएपछि स्थानीयले करेन्ट लागेर मृत्यु भएको हुनसक्ने आशंका गरेका छन् । यद्यपि, श्रेष्ठको मृत्युको वास्तविक कारण भने खुलिसकेको छैन ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार श्रेष्ठको दुई–तीन दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । उनको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ । श्रेष्ठ केही वर्ष वैदेशिक रोजगारीमा गएर फर्किएपछि विराटनगरमा सिटी सफारी चलाउँदै आएका थिए । पारिवारिक विवादका कारण उनी केही वर्षदेखि श्रीमती तथा परिवारका अन्य सदस्यबाट अलग्गिएर कोठा भाडामा लिएर एक्लै बस्दै आएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठकी श्रीमती रोजगारीका सिलसिलामा दुबईमा रहेको र छोरा काठमाडौंमा बस्दै आएको खुलेको छ । घटनाबारे जानकारी पाएपछि उनका छोरा विराटनगर आउँदै गरेको जनाइएको छ । घटनाको यकिन कारण पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानपछि मात्रै खुल्ने इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्