विराटनगरमा पहिलो पटक ‘समर लभ’ मञ्चन , दर्शकको उत्साहजनक उपस्थिति

<span class='c1'>विराटनगरमा पहिलो पटक ‘समर लभ’</span> <span class='c2'>मञ्चन , दर्शकको उत्साहजनक उपस्थिति</span>

विराटनगर । चर्चित उपन्यास ‘समर लभ’ विराटनगरमा पहिलोपटक रंगमञ्चमा प्रस्तुत भएको छ । उपन्यासकार सुविन भट्टराईको लोकप्रिय कृतिमा आधारित नाटक शनिबारदेखि वीरेन्द्र सभागृहमा मञ्चन सुरु भएको हो। कान्तिपुर थिएटरले पहिलोपटक विराटनगर ल्याएको नाटकको पहिलो शोमै युवायुवतीको उल््लेख्य उपस्थिति देखिएको छ ।


नाटकमा उपन्यासका चर्चित पात्र अतीत शर्मा र साया शाक्यलाई कलाकारले प्रत्यक्ष अभिनयमार्फत जीवन्त बनाएका छन्। प्रेम, आकर्षण, प्रतीक्षा, दूरी र बिछोडका भावनात्मक पक्षलाई अभिनय, प्रकाश, संगीत र दृश्य संयोजनमार्फत प्रस्तुत गरिएको छ।


सम्राट भुजेलको नाट्य रूपान्तरण तथा निर्देशनमा तयार भएको नाटक करिब १ घण्टा ५० मिनेट लामो छ। नाटकमा सागर खनाल अतीत र बास्ना तिम्सिना सायाको भूमिकामा छन्।

विनीता घिमिरे, ब्रबिम बस्नेत, रक्षा गौतम, सनम श्रेष्ठ र जानकी बजगाईं लगायत कलाकारको अभिनय रहेको छ। चलचित्र निर्देशक तथा अभिनेता अर्पण थापाले पनि पहिलोपटक रंगमञ्चमा अभिनय गरेका छन् । निर्देशक भुजेलले ‘समर लभ’लाई प्रेम, समय, दूरी र सम्झनाबीचको भावनात्मक यात्राका रूपमा प्रस्तुत गरिएको बताएका छन् ।


उपन्यासकार भट्टराईले काठमाडौंमा मात्रै सीमित रहेको ‘समर लभ’ पहिलोपटक विराटनगरमा मञ्चन हुनुलाई विशेष उपलब्धिका रूपमा लिएको बताए । काठमाडौंका दर्शकबाट पाएको मायाजस्तै विराटनगरका दर्शकबाट पनि माया पाउने उनको अपेक्षा छ। कान्तिपुर थिएटरको यो छैटौँ प्रस्तुति हो। यसअघि विराटनगरमा मञ्चन गरिएको ‘सेतो धरती’ले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएपछि ‘समर लभ’ ल्याइएको थिएटरका प्रमुख कार्यकारी अधिकृत प्रकाश पुरीले बताए। काठमाडौं बाहिरका दर्शकमाझ नेपाली रंगमञ्च विस्तार गर्ने उद्देश्यले विभिन्न सहरमा नाटक प्रस्तुत गर्ने तयारी रहेको उनको भनाइ छ।


करिब डेढ दशकअघि प्रकाशित ‘समर लभ’को लोकप्रियता अझै युवा पुस्तामाझ कायम रहेको पुरीले बताए ।

विराटनगरमा शनिबार र आइतबार गरी दुई दिन नाटकका छ वटा शो तय गरिएको छ। दुवै दिन बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे नाटक मञ्चन हुनेछ। टिकट दर ३००, ५०० र १ हजार रुपैयाँ तोकिएको छ । आयोजकका अनुसार टिकट कान्तिपुर थिएटरको वेबसाइटबाट पनि बुक गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्