विराटनगरका राहुल साहले एसीसीए परीक्षामा ल्याए १०० मा १०० अंक

<span class='c1'>विराटनगरका राहुल साहले एसीसीए परीक्षामा</span> <span class='c2'>ल्याए १०० मा १०० अंक</span>

विराटनगर। विराटनगर–९ स्थित सोम्स कलेजका विद्यार्थी राहुल साह हलवाईले अन्तर्राष्ट्रियस्तरको एसीसीए परीक्षामा शतप्रतिशत अंक ल्याएको कलेजले जनाएको छ।एसीसीएको फाइनान्सियल एकाउन्टिङ विषयमा राहुलले १०० पूर्णाङ्कमा १०० नै अंक प्राप्त गरेको कलेजको दाबी छ। अक्टोबरमा सञ्चालित परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका उनलाई सोमबार कलेजले विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको हो।

क्याम्पस प्रमुख रोशन घिमिरेले राहुललाई खादा र माला लगाएर सम्मान गरे। विश्वका १८० भन्दा बढी देशमा अध्ययन–अध्यापन हुने एसीसीए परीक्षामा हासिल गरेको यो उपलब्धिलाई कलेजले गौरवको विषयका रूपमा लिएको छ। सन् २०१९ मा बेलायतको बोर्डबाट सम्बन्धन प्राप्त गरेको सोम्स कलेजले काठमाडौं उपत्यकाबाहिर पहिलोपटक एसीसीए अध्ययन–अध्यापन सुरु गरेको दाबी गर्दै आएको छ। कलेजले आफ्नै कम्प्युटरमा आधारित परीक्षा केन्द्र (सीबीई सेन्टर) सहित आठ वर्षदेखि एसीसीए कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्