विराटनगरको गुरुकुलमा भोलीबाट ‘अन्तिम गीत’, चेखभको चर्चित एकाङ्की हेर्ने अवसर

<span class='c1'>विराटनगरको गुरुकुलमा भोलीबाट ‘अन्तिम गीत’,</span> <span class='c2'>चेखभको चर्चित एकाङ्की हेर्ने अवसर</span>

विराटनगर । रुसी साहित्यकार आन्तोन चेखभको लोकप्रिय एकाङ्की ‘द स्वान सङ’ को नेपाली रूपान्तरण ‘अन्तिम गीत’ विराटनगरमा मञ्चन हुने भएको छ। महेश पौड्यालको अनुवाद र नवराज बुढाथोकीको निर्देशनमा तयार भएको नाटक काठमाडौंमा मञ्चन भइसकेपछि विराटनगरमा प्रस्तुत गर्न लागिएको हो । शैली थिएटरको प्रस्तुति, रुसी सदनको साझेदारी तथा आरोहण गुरुकुल, विराटनगरको सहकार्यमा नाटक मञ्चन हुन लागेको हो।

विराटनगर–८, हाटखोलास्थित सुशीला कोइराला नाटकघर, आरोहण गुरुकुलमा असोज २८ गते अपराह्न ५ बजे नाटकको मञ्चन हुनेछ। त्यस्तै, असोज २९ गते अपराह्न १ बजे र ५ बजे गरी दुई शो प्रदर्शन गरिने आयोजकले जनाएको छ। नाटक हेर्नका लागि टिकट दर ३००, ५०० र १ हजार रुपैयाँ निर्धारण गरिएको छ। नाटकले रंगमञ्चप्रेमी दर्शकलाई चेखभको चर्चित सिर्जनाको नेपाली रूपान्तरणमार्फत नाट्य अनुभव लिने अवसर प्रदान गर्नेछ ।
थप जानकारी तथा टिकट बुकिङ्का लागि सम्पर्क नं <:>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्