पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल

<span class='c1'>पीडितको हितमा सरकारले सक्दो प्रयास</span> <span class='c2'>गरिरहेको छ : मन्त्री पौडेल</span>

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक पौडेलले सरकार पीडित नागरिकको दुःखप्रति अत्यन्त संवेदनशील रहेको र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै उनीहरूको हितमा काम गरिरहेको बताएका छन् ।

उनले, बौद्ध स्थित सेतो गुम्बामा भोटेकोशी बाढीमा परि दिवंगत भएकाहरुको स्मृतिमा आयोजित कार्यक्रममा, सरकारले आफ्नो क्षमता, दक्षता, जनशक्ति र उपकरणको सक्दो उपयोग गरेर पीडितको हितमा काम गरिरहेको बताए । “सरकार पीडित सबै नागरिकको दुःखप्रति अत्यन्त संवेदनशील छ । सरकार आफ्नो क्षमता दक्षता, उपलब्ध जनशक्ति, उपकरण र आफूसँग भएका सबै स्रोतसाधनको सक्दो उपयोग गरेर पीडितको हितमा लागिरहेको छ । ” उनले भने । उनले आफूहरूलाई विभिन्न व्यक्तित्व तथा रिन्पोछेलगायतको आशीर्वाद प्राप्त भएकाले कठिन परिस्थितिमा पनि बलियो भएर उभिन सकेको बताए । उक्त कार्यक्रममा थाइलेन्डबाट आलोका कुकुरसहित आएका बौद्ध भिक्षुहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्