विराटनगर। सिद्धार्थ स्पोर्टिङ क्लबको आयोजनामा असोज २७ र २८ गते विराटनगरमा सम्पन्न दशैँ कप २०८३ इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आई मोबाइल इन्टरकन्टिनेन्टलले जितेको छ। भिआईपी रोडस्थित जेएनएल फुटसलमा आयोजित प्रतियोगिताको फाइनलमा आई मोबाइलले अन्नपूर्ण टिमलाई पराजित गर्दै उपाधि जितेको हो।


१२ टिम सहभागी प्रतियोगिताको समापनमा मार्टर्स मेमोरियल कलेजका अध्यक्ष विष्णु डंगोल प्रमुख अतिथि थिए। सिद्धान्त लोहनी उत्कृष्ट ब्याट्सम्यान, महबुब इराकी उत्कृष्ट बलर र फिरदोस अन्सारी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा उजागर गर्नुका साथै इन्डोर क्रिकेटको प्रवर्द्धनमा योगदान पुर्याएको आयोजकले जनाएको छ।