विश्व एनेस्थेसिया दिवसमा विराटनगरमा जनचेतनामूलक पदयात्रा

<span class='c1'>विश्व एनेस्थेसिया दिवसमा</span> <span class='c2'>विराटनगरमा जनचेतनामूलक पदयात्रा</span>

विराटनगर असोज ३० , विश्व एनेस्थेसिया दिवसको अवसरमा कोशीमा एनेस्थेसियाको महत्त्वबारे जनचेतना फैलाउन पदयात्रा आयोजना गरिएको छ। सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट्स अफ नेपाल (सान), कोशी शाखाको आयोजनामा ‘वाकाथन–वाक फर अ कज’ कार्यक्रम सम्पन्न भएको हो।

पदयात्रामार्फत एनेस्थेसिया भनेको बिरामीलाई बेहोस बनाउने प्रक्रिया मात्र नभई शल्यक्रियाका क्रममा दुखाइ नियन्त्रण गर्ने, बिरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गर्ने र उपचारलाई सुरक्षित बनाउने महत्त्वपूर्ण चिकित्सा सेवा भएको सन्देश प्रवाह गरिएको थियो।
शल्यक्रियाको सफलतामा एनेस्थेसियाको भूमिका महत्त्वपूर्ण हुने भए पनि यसबारे आम नागरिकमा पर्याप्त जानकारी नहुन सक्ने भएकाले जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

पदयात्रामा विराट मेडिकल कलेज टिचिङ हस्पिटल, नोबेल अस्पताल, न्यूरो कार्डियो एण्ड मल्टी स्पेसलिटी हस्पिटल, कोशी अस्पताल तथा सान कोशी शाखाका पदाधिकारी र चिकित्सकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमले एनेस्थेसियासम्बन्धी भ्रम हटाउँदै सुरक्षित शल्यक्रिया र गुणस्तरीय स्वास्थ्य सेवामा यसको महत्त्वबारे नागरिकलाई सचेत गराउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्