विराटनगरको डिएभी स्कुलमा साना बालबालिकाहरुको तरङ्ग

<span class='c1'>विराटनगरको डिएभी स्कुलमा</span> <span class='c2'>साना बालबालिकाहरुको तरङ्ग</span>

विराटनगर । विराटनगर–१३ स्थित डिएभी स्कुलका कक्षा १ देखि ४ सम्मका बालबालिकाले विज्ञान तथा आर्ट एन्ड क्राफ्ट (हस्तकला) प्रदर्शनीमार्फत आफ्नो सिर्जनशीलता र प्रतिभा प्रस्तुत गरेका छन्।

विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्नुका साथै उनीहरूलाई प्रयोगात्मक सिकाइतर्फ प्रेरित गर्ने उद्देश्यले विद्यालयले प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा बालबालिकाले तयार पारेका विभिन्न वैज्ञानिक उपकरण, विज्ञानसम्बन्धी परियोजना तथा आकर्षक हस्तकलाका सामग्री प्रदर्शनमा राखिएका थिए।

सानै उमेरका विद्यार्थीले आफ्नै मेहनत र सिर्जनशीलताबाट तयार पारेका सामग्रीले उनीहरूको कल्पनाशीलता, सीप र सिकाइप्रतिको रुचि झल्काएको थियो। प्रदर्शनीमा सहभागी बालबालिका राष्ट्रिय तथा विभिन्न जातीय पोसाकमा सजिएर आएका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रमबारे जानकारी दिँदै विद्यालयका प्रधानाध्यापक रमेशकुमार मिश्रले विद्यार्थीको सिर्जनशीलता र प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विद्यालयले प्रत्येक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए।

“विद्यार्थीको प्रतिभा उजागर गर्न र उनीहरूलाई प्रयोगात्मक सिकाइतर्फ प्रेरित गर्न यस्ता कार्यक्रमले ठूलो सहयोग पुर्‍याउँछन्,” प्रधानाध्यापक मिश्रले भने।

विद्यार्थीले तयार पारेका विज्ञानसम्बन्धी परियोजना तथा हस्तकलाका सामग्री अभिभावक र आमन्त्रित अतिथिले अभिरुचिपूर्वक अवलोकन गरेका थिए। बालबालिकाको मेहनत, सीप र सिर्जनशीलताको प्रशंसा गर्दै उनीहरूले प्रदर्शनीले विद्यार्थीको आत्मविश्वास बढाउन र नयाँ कुरा सिक्ने उत्साह जगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

विद्यालयले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यास, सिर्जनशीलता र व्यावहारिक सीपमा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्