विराटनगरमा खसीको मासु १२ सय भन्दा बढीमा बेचे कारबाही गरिने

<span class='c1'>विराटनगरमा खसीको मासु १२ सय भन्दा</span> <span class='c2'>बढीमा  बेचे कारबाही गरिने</span>

विराटनगर । विराटनगर महानगरपालिका भित्र खसीको मासुको मूल्य प्रतिकिलो १ हजार २०० रुपैयाँ कायम गरिएको छ । निर्धारित मूल्य कार्यान्वयन भए–नभएको विषयमा महानगरपालिकाको पशुपन्छी शाखा र नगर प्रहरीको संयुक्त टोलीले शनिबार बिहान बजार अनुगमन गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार महानगरपालिकाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, मासु व्यवसायी तथा उपभोक्ता मञ्चका प्रतिनिधिबीच भएको छलफलबाट खसीको मासुको मूल्य प्रतिकिलो १ हजार २०० रुपैयाँ कायम गर्ने सहमति भएको थियो।
सोही सहमतिअनुसार शनिबार बिहान गरिएको अनुगमनका क्रममा छिटपुट स्थानबाहेक अधिकांश मासु पसलमा प्रतिकिलो १ हजार २०० रुपैयाँमै खसीको मासु बिक्री भइरहेको पाइएको अनुगमन टोलीले जनाएको छ। निर्धारित मूल्य उल्लेख नगरेका पसललाई समेत प्रतिकिलो १ हजार २०० रुपैयाँ मूल्यसूची राख्न लगाइएको थियो।

अनुगमनका क्रममा मासु किन्न आएका उपभोक्ताले निर्धारित मूल्य कार्यान्वयन भएकोमा खुसी व्यक्त गर्दै महानगरका सबै क्षेत्रमा नियमित अनुगमन गर्न आग्रह गरेका थिए । महानगरपालिकाले खसीको मासु बिक्री गर्ने सबै व्यवसायीलाई प्रतिकिलो १ हजार २०० रुपैयाँका दरले बिक्री गर्न अनुरोध गरेको छ। तोकिएको मूल्यभन्दा बढी वा आफूखुसी मूल्यमा मासु बिक्री गरेको पाइएमा जिल्ला प्रशासन कार्यालय वा महानगरपालिकामा जानकारी गराउन पनि आग्रह गरिएको छ । त्यस्तो जानकारी दिने व्यक्तिको विवरण गोप्य राखिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्