बिराट सुपर लिगको उपाधि बिराट र्‍याप्टर्सलाई

<span class='c1'>बिराट सुपर लिगको</span> <span class='c2'>उपाधि बिराट र्‍याप्टर्सलाई</span>

विराटनगर । बिराट सुपर लिगको उपाधि बिराट र्‍याप्टर्सले जितेको छ । लिग चरणमा एउटै खेल नहारी अपराजित रहेको र्‍याप्टर्सले रोमाञ्चक फाइनलमा पेनाल्टी सुटआउटसम्म तानिएको खेलमा ९औँ ब्याचलाई ४–३ गोलले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो । २०८३ असोज २९ गते बिहीबार भएको फाइनल खेल निर्धारित समयमा निर्णायक नभएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । सुटआउटमा उत्कृष्ट प्रदर्शन गर्दै र्‍याप्टर्सले एक गोलको अन्तरले जित निकालेको हो ।

उपाधि जित्ने बिराट र्‍याप्टर्सले नगद ४० हजार रुपैयाँसहित ट्रफी हात पारेको छ भने उपविजेता ९औँ ब्याचले नगद २० हजार रुपैयाँ, प्रमाणपत्र र मेडल पाएको छ । तेस्रो स्थानमा रहेको बिराट एलिट युनाइटेडले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ ।प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि निश्चल विकले पाएका छन् भने उत्कृष्ट गोलकिपरको पुरस्कार अनुप कटवालले पाएका छन् ।भदौ १७ गतेदेखि सुरु भएको लिग चरणको खेलमा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत चिकित्सक, कर्मचारी र कलेजमा अध्ययनरत विद्यार्थीहरूका ७ वटा टोलीले सहभागिता जनाएका थिए । लिग चरणमा बिराट र्‍याप्टर्सले कुनै पनि खेल नहारी उपाधि जितेको हो ।

विजेता टोलीका कप्तान प्रमेशराज देवकोटाले अघिल्लो संस्करणमा फाइनलको पराजयलाई जितमा परिणत गर्ने संकल्पसहित उच्च मनोबलका साथ मैदानमा उत्रिएको बताए । "अघिल्लो संस्करणमा फाइनलको पराजयलाई जितमा बदल्ने लक्ष्यका साथ हाम्रो टिम उच्च मनोबलसहित मैदानमा उत्रिएको थियो, त्यसैले उपाधि जित्न हामीलाई सहज भयो," उनले भने ।बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले आफू कार्यरत चिकित्सक, कर्मचारी र कलेजमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्यमा ध्यान दिँदै खेलकुदलाई दैनिक जीवनसँग जोड्ने उद्देश्यले प्रत्येक वर्ष तीनवटा प्रतियोगिता आयोजना गर्दै आएको छ । शारीरिक तन्दुरुस्तीसँगै आपसी सद्भाव र टोलीभावना अभिवृद्धि गर्न यस्ता प्रतियोगिता सहयोगी हुने विश्वास हस्पिटलले लिएको छ । यस वर्ष बिराट फुटसल लिग, बिराट च्याम्पियन लिग र बिराट सुपर लिग सम्पन्न भइसकेका छन् । आगामी दिनहरूमा पनि यस्ता प्रतियोगिता निरन्तर सञ्चालन गरिने हस्पिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्