विराटनगर । विजया दशमी,दिपावली तथा छठ पर्वका अवसरमा विराटनगर ३ पिपलचोकस्थित ओम साजन पार्टी प्यालेसले शनिबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
पार्टी प्यालेसका सञ्चालक साजन कामतको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद भीम पराजुली, नेपाली कांग्रेस विराटनगर महानगर सभापति कृष्ण कार्की, समाजसेवी सुनिल पौडेल, व्यवसायी शेखरनाथ उप्रेती,सरलराज पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्थानीय समाजसेवी, राजनीतिक दलका नेता लगायत विभिन्न क्षेत्रका मानिसहरको सहभागिता रहेको थियो । बरगाछीमा सञ्चालित ओम साजन पार्टी प्यालेसले गत बर्षदेखि पिपलचोकमा नया शाखा विस्तार गरेको थियो ।