सशस्त्र प्रहरीले संचालनमा ल्यायो निशुल्क बस सेवा

<span class='c1'>सशस्त्र प्रहरीले संचालनमा ल्यायो</span> <span class='c2'>निशुल्क बस सेवा</span>

काठमाडौँ । वडादशैंका अवसरमा सशस्त्र प्रहरी बलले काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूका लागि बस संचालनमा ल्याएको छ । चाडपर्वका बेला सार्वजनिक यातायातका साधन कम चल्ने भएकाले यात्रुहरुलाई सहज आवतजावतका लागि दुई वटा बस निःशुल्क रूपमा सञ्चालन गरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता नेत्र बहादुर कार्कीले जानकारी दिए ।

सशस्त्र प्रहरी बल, नेपालले उपत्यकाभित्र सञ्चालन गर्ने सो निःशुल्क बस सेवा आजबाट लगातार तीन दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको प्रवक्ता कार्कीले जानकारी दिए । काठमाडौँ उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर,नयाँ बसपार्क,हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्