सुनसरीमा एम्बुलेन्सबाट साढे ५ सय किलोभन्दा बढी गाँजा बरामद

<span class='c1'>सुनसरीमा एम्बुलेन्सबाट साढे ५ सय</span> <span class='c2'>किलोभन्दा बढी गाँजा बरामद</span>

विराटनगर । सुनसरीको दुहबीमा प्रहरीले एम्बुलेन्सबाट ५ सय ७४ किलो ८ सय ७३ ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज २ गते राति करिब १२ः३० बजे कोशी राजमार्गमा नम्बर नखुलेको एम्बुलेन्समा इटहरीबाट विराटनगरतर्फ लागूऔषध गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास सुरु गरेको थियो।

इलाका प्रहरी कार्यालय दुहबी र प्रहरी चौकी दुहबीबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका–६, बुढीखोलाको किनारमा एम्बुलेन्स फेला पारेको हो। चेकजाँचका क्रममा एम्बुलेन्स बेवारिसे अवस्थामा छाडिएको भेटिएको प्रहरीले जनाएको छ।एम्बुलेन्सभित्र लागूऔषध गाँजाजस्तो देखिने पदार्थ ५ सय ७४ किलो ८ सय ७३ ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीले गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्