एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को अवसरमा सात टोलीका लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ ।
एनपीएलको उत्साहलाई समर्थकहरूमाझ अझ नजिक पुर्याउने उद्देश्यले ल्याइएका यी क्यानले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन र गर्व व्यक्त गर्ने नयाँ अवसर प्रदान गर्नेछन् । अब क्रिकेट हेर्दा होस् वा साथीभाइसँग टिमको चर्चा गर्दा, हातमा हुनेछ आफ्नै फेभरेट टिमको एक्स्ट्रीम क्यान ।
सात टिम, सात पहिचान - आफ्नो टिमको एक्स्ट्रीम क्यान आजै रोज्नुहोस् ! स्पेसल एडिसन क्यानहरू नजिकैका पसल तथा बिक्री केन्द्रहरूमा उपलब्ध छन् ।