रवि लामिछानेद्वारा विजयादशमीको शुभकामना, विपत्तिमा एकताबद्ध हुन आह्वान

<span class='c1'>रवि लामिछानेद्वारा विजयादशमीको शुभकामना,</span> <span class='c2'>विपत्तिमा एकताबद्ध हुन आह्वान</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बडादशैँ (विजयादशमी), २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

जारी विज्ञप्तिमार्फत लामिछानेले यस वर्षको दशैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

उनले विपत्तिका कारण धेरै नागरिकले अमूल्य जीवन गुमाउनुपरेको र हजारौँ परिवार घरबारविहीन तथा विस्थापित भएको उल्लेख गर्दै यस्तो संवेदनशील परिस्थितिमा विजयादशमीले नेपाली समाजमा सकारात्मक ऊर्जा र एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।

लामिछानेले दशैँले नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्न सफल हुने विश्वाससमेत व्यक्त गरेका छन्।

विज्ञप्तिमा उनले नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको सर्वोपरि हितमा निःस्वार्थ भावले समर्पित हुने शक्ति, सद्बुद्धि र सङ्कटसँग जुध्ने साहस प्रदान गरून् भन्ने कामना गरेका छन्।

असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश बोकेको विजयादशमीले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै लामिछानेले सकारात्मक ऊर्जा र नयाँ आशासहित दशैँको शुभकामना दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्