काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका सम्पूर्ण खेलले List A T-२० को आधिकारिक मान्यता प्राप्त गरेका छन्। क्यानले एक सूचना जारी गर्दै उक्त जानकारी दिएकाे हाे।
यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले एनपीएलकाे तेस्राे संस्करणलाई आधिकारिक मान्यता समेत प्रदान गरिसकेको छ।
यसले नेपाली क्रिकेटको विकास, व्यावसायिकता तथा अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुर्याउने विश्वास नेपाल क्रिकेट संघले लिएको छ। एनपीएल कात्तिक ९ देखि हुँदैछ ।
