सार्वजनिक स्थानमा हातहतियार देखाउँदै नृत्य गर्ने महिला पक्राउ

<span class='c1'>सार्वजनिक स्थानमा हातहतियार देखाउँदै</span> <span class='c2'>नृत्य गर्ने महिला पक्राउ</span>

जनकपुर । सार्वजनिक स्थानमा हातहतियारजस्तो देखिने वस्तु प्रदर्शन गर्दै नृत्य गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धनुषामा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले नगराइन नगरपालिका–६ की अन्दाजी २६ वर्षीया नाजिमा खातुनलाई नियन्त्रणमा लिएको हो ।

धनुषा प्रहरीका अनुसार समाजमा हिंसा र त्रास फैलाउने उद्देश्यले सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हतहतियार प्रदर्शन गर्दै नाचेको भिडियो खातुनले फेसबुकमा अपलोड गरेकी थिइन् । उक्त भिडियोका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा कार्तिक ४ गते राति गणेशमान चारनाथ नगरपालिका–९ बाट प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ भने थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्