एक्सट्रिम इनर्जीद्वारा विराटनगरसहित ९ सहरमा निःशुल्क एनपीएल खेल प्रसारण हुँदै

<span class='c1'>एक्सट्रिम इनर्जीद्वारा विराटनगरसहित ९ सहरमा</span> <span class='c2'>निःशुल्क एनपीएल खेल प्रसारण हुँदै</span>

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका खेलहरू विराटनगरसहित देशका ९ सहरका १० स्थानमा निःशुल्क देखाइने भएको छ। एक्सट्रिम इनर्जी ड्रिंक एक्सट्रिम इनर्जी ड्रिङ्कले क्रिकेटप्रेमीलाई खेलको प्रत्यक्ष प्रसारण हेर्ने अवसर प्रदान गर्न विभिन्न सहरमा यस्तो व्यवस्था गर्न लागेको हो।

कम्पनीका अनुसार काठमाडौं, विराटनगर, पोखरा, चितवन, धनगढी, सुर्खेत, बुटवल र जनकपुरसहित विभिन्न सहरका सार्वजनिक स्थानमा एनपीएलका खेलहरू निःशुल्क देखाइनेछ।

खेल देखाइने स्थानहरूमा काठमाडौंको टीयू गेट–२, सिफल मैदान र टीयू माइक्रोबसपार्क रहेका छन्। विराटनगरमा पुरानो गुद्री मैदानमा खेल हेर्ने व्यवस्था मिलाइनेछ।

त्यसैगरी पोखराको मालेपाटन चौर, चितवनको वीरेन्द्र क्याम्पस तथा डिग्री कलेज परिसर, धनगढीको कभर्ड हल नजिक, सुर्खेतको घण्टाघर डब्बल, बुटवलको सिद्धेश्वरी मैदान र जनकपुरको १२ बिघा मैदानमा पनि खेल देखाइने जनाइएको छ।

यस व्यवस्थाले क्रिकेटप्रेमीलाई सामूहिक रूपमा एनपीएलका खेल हेर्न तथा प्रतियोगिताको उत्साह साटासाट गर्न अवसर मिल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्