एनपिएललाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने- नेपाली क्रिकेट अमर रहोस्

<span class='c1'>एनपिएललाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने-</span> <span class='c2'>नेपाली क्रिकेट अमर रहोस्</span>

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन आएका सबै नेपाली खेलाडीहरू, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना व्यक्त गरेका छन् ।

एनपिएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवको रुपमा उल्लेख गर्दै उनले उनले छोटो समयमै एनपिएल एउटा भव्य खेलकुद महाकुम्भको रूपमा स्थापित भएको बताए । उनले प्रतियोगितामा सहभागी हुन नेपाल आएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई उनले न्यानो स्वागत समेत गरे ।

उनले सामाजिक सञ्जालमा लेखेका छन््, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सव ‘नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु हुँदैछ र यो छोटो समयमै एउटा भव्य खेलकुद महाकुम्भको रूपमा स्थापित भइसकेको छ। लिगमा सहभागी हुन आउनुभएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडीहरू र कमेन्टेटरहरूलाई न्यानो स्वागत छ । नेपाली क्रिकेट अमर रहास् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्