भोजपुरे खुकुरीको माग बढदो, माग अनुसार उत्पादनमा कमी

<span class='c1'>भोजपुरे खुकुरीको माग बढदो,</span> <span class='c2'>माग अनुसार उत्पादनमा कमी</span>

भोजपुर । भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर यहाँ बनेको खुकुरी नेपालमा मात्र होइन बिदेशमा समेत चर्चित छ ।

भोजपुरमा १९६५ साल देखि खुकुरीको ब्यवसाय शुरु भएको इतिहास पाइन्छ । २०२७ सालमा राजा महेन्द्र भोजपुर आउँदा स्थानिय आरन शिल्पकार सिंहबहादुर बिश्वकर्माले भोजपुरमा बनेको खुकुरी उपहार दिएको पाइन्छ । बिश्वकर्माको खुकरी बनाउने कला देखेर राजा महेन्द्रले एक हजार बक्सिस स्वरुप दिएको र सोही समय देखि भोजपुरे खुकुरीको लोकप्रियता बढेको खुकुरी ब्यवसायीहरुको भनाई रहेको छ । भोजपुरमा पहिल्लो समयमा उत्पादन भन्दा पनि बढी खुकुरीको माग बढेको छ । द्वन्द्वको समयमा बन्द रहेको भोजपुरको खुकुरी ब्यवसाय मुलुकमा आएको शान्ति प्रक्रियासँगै पुन ब्युतिएको थियो । अन्य जिल्लाहरुमा पनि खुकरी बन्ने गरेतापनि यहाँको लोकप्रियता छुट्टै रहेकाले माग अनुसार धान्न समस्या हुने गरेको उर्मिला आरन उद्योग भोजपुरका सञ्चालक हिरालाल श्रेष्ठले बताए । दशै तिहार जस्ता पर्वहरु बढी रहदै खुकुरीको माग समेत बढदै गएको छ । भोजपुरमा हाल बुदुना, सिरुपाते, बाँसपाते, चित्लाङ्ग,े कोथीमोडा लगायतका खुकुरीहरु उत्पादन हुने गरेको भएता पनि बुदुना बढी मात्रमा बिक्री हुने गरेको छ । भोजपुर सदरमुकाम र ग्रामीण क्षेत्रहरुमा उत्पादन भएको खुकरी हाल स्थानिय बजारका अलावा खोटाङ्ग, संखुवासभा, धनकुटा, धरान विराटनगरसम्म विक्रीका लागि जाने गरेको छ । भोजपुरमा हुने हरेक कर्मचारीको स्वागत र बिदाईमा समेत भोजपुरे खुकुरी उपहार स्वरुप प्रदान गर्ने गरिएको छ ।

भोजपुरको प्रख्यात खुकुरी देशमा मात्र नभएर बिदेशमा समेत चिनिएकाले कर्मचारीलाई बिदाई भएर जाँदा दिने गरिएको कर्मचारी मिलन केन्द्रका भोजपुरका सचिव प्रकाश खडकाले बताए । खुकरी ब्यवसाय संचालनका लागि चाहिने आवश्यक काठ, कोइला लगायतका सामाग्रीहरुका लागि सरकारी तहबाट सहयोग नमिलेको भए पनि अहिले भने त्यस्तो समस्या नदेखिएको खुकरी ब्यवसायीको भनाई रहेको छ । भोजपुरको दाँवा, कोट, दलगाउँ, बोखिम, दिंला, लगायतका क्षेत्रहरुमा खुकरी उत्पादन हुने गरेको छ । जिल्लाकै ख्यातीसँग जोडिएको भोजपुरे खुकुरी उत्पादन गर्नु आफूहरुका लागि अवसर भएको बताउँदै सरकारले परम्परागत सिप र व्यवसायलाई संरक्षण गर्न व्यवसायिकरणमा ढाल्न सहयोग गर्नु पर्ने रञ्जिता खुकुरी उद्योग भोजपुरका सञ्चालक दिनेश गजमेरले बताउनुभयो । मुलकमा मात्र नभएर बिदेशमा समेत नाम कमाएको भोजपुरे खुकुरी उद्योगलाई सधै टिकाई राख्न सरकारी निकायबाट पनि आवश्यक सामाग्रीहरुमा सहजता ल्याई सहयोग गर्न जरुरी रहेको व्यवसायीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्