सीमा सुरक्षा छलेर विराटनगरमा भित्रन्छन् निजी सवारी, भन्सारले दिन्छ हचुवामा अस्थायी अनुमति

<span class='c1'>सीमा सुरक्षा छलेर विराटनगरमा भित्रन्छन् निजी</span> <span class='c2'>सवारी, भन्सारले दिन्छ हचुवामा अस्थायी अनुमति</span>

विराटनगर । सशस्त्र प्रहरी बल नेपालले गत असोज ३१ गते नियन्त्रणमा लिएर मंगलबार भन्सार दाखिला गरेको निजी सवारी सीमाबाट प्रवेश गरेको तथ्यांक नै फेला परेन । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनी मोरङले नियन्त्रणपछि भन्सार बुझाएको कार भारतीय सीमा सुरक्षा बलको तथ्यांकमा समेत सीमा पार गरेको नोटिसमा फेला नपरेको हो । बीआर ३८ एपी ८२८६ नम्बरको हुन्डाई (भेन्यु) कार नेपाल र भारतको दुवै देशको सीमा सुरक्षा बललाई छलेर प्रयोग भइरहेको खुलेको छ ।

विराटनगर महानगरपालिका–१४ का सुरेश कुमार यादव र सवनम खातुनले प्रयोग गर्दै आएको उक्त सवारी मो.हरजीत अलीको नाममा विराटनगर भन्सारबाट अस्थायी पैठारी अनुमति लिइएको देखिन्छ । भन्सारमा अस्थायी पैठारी अनुमति लिएपनि नेपाल भारत सीमा वारपार गर्दा सुरक्षा जाँचमा भने यसको विवरण देखिएको छैन ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनी मोरङका प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारीका अनुसार दुई देशको सीमा वारपार गर्ने सवारी र त्यसका यात्रुको विवरण सुरक्षा प्रोटोकल अनुसार राखिएपछि मात्रै प्रवेश अनुमति पाइन्छ । तर, भारतीय नम्बर प्लेटको निजी कार नेपालमा व्यक्तिगत प्रयोजनका लागि राखिएको आशंका गर्दै सशस्त्रले नियन्त्रणमा लिएपछि यसका धनी यादवले चाबी बोकेर फरार भएपछि यसको वास्तविकता खुल्दै गएको हो ।

सशस्त्र प्रहरीले उक्त कार दशदिन पछि लक फुटाएर विराटनगर भन्सारमा दाखिला गरेको थियो । सशस्त्रको नियन्त्रणपछि उक्त गाडीको विराटनगर भन्सारबाट अस्थायी पैठारी, स्थानीय सरकार विराटनगर महानगरपालिकामा पूर्वाधार उपभोग कर र प्रदेश सरकार अन्तर्गत यातायात कार्यालय विराटनगरबाट रुट पर्मिट तथा पटके अनुमति लिइएको थियो । उक्त कागजात भएपनि सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको सवारीलाई भन्सारमा दाखिला गरिदिएको हो । किनकी भन्सारमै नपुगी त्यहाँका कर्मचारीसँगको सेटिङमा कारका लागि कागजात बनाएको सिसी टिभी क्यामरामा स्पष्ट देखिएको छ । यद्यपी यो कारलाई भन्सारका कर्मचारीले सेटिङमा छोड्ने तयारी गरिरहेका छन् ।

सशस्त्र प्रहरी बलका एसपी भण्डारीका अनुसार दुई देशको सुरक्षा प्रोटोकल अनुसार सीमा प्रवेशज्ञा अनुमति लिइएको छैन । उनका अनुसार नेपालमा मात्रै नभई भारतमा समेत यसको ‘सेक्युरिटी प्रमिसन’ फेला नपरेको हो । सशस्त्र प्रहरी बल नेपाललाई एसएसबीको ५६ औं बटालियनले पत्र पठाउँदै नेपालमा पक्राउ परेको बीआर ३८ एपी ८२८६ नम्बरको कार पक्राउ परेका दिन (१७ अक्टोबर २०२६) मा जोगबनीस्थित बीसीपी (बोर्डर चेक पोष्ट) मा दर्ता नभएको जानकारी गराएको छ । त्यति मात्रै नभई उक्त कार विराटनगर भन्सारबाट तीन पटक मात्रै अस्थायी पैठारी अनुमति लिएको देखिएको छ । त्यो पनि नेपालमा सुरक्षा संयन्त्रको जोखिम देखिएमा भन्सारका कर्मचारीलाई फोन गरेर कागजात तयार पार्न लगाउने गरिएको छ । जसका लागि सवारी भने भन्सारमा पु¥याउने गरिएको छैन ।

दुई देशका सुरक्षा अधिकारीको तथ्यांकमै उल्लेख नभएको उक्त कारलाई भने विराटनगर भन्सार कार्यालयले अस्याथी पैठारी अनुमति दिएको छ । त्यो पनि ढिलो गरी ३० गतेको समेत जारी गरिदिएको खुलेको छ । ३१ गते बिहानै उक्त कारलाई सशस्त्रले पिछा गरेको थियो । त्यसपछि भन्सारसँग सेटिङ गरेर ३० गतेको समेत पटके अनुमति लिएको खुलेको छ । यातायात कार्यालय विराटनगरमा साउनमा एकहजार ३७० वटा सवारीलेपटके अनुमित लिएका छन् । जसमा मोटरसाइकल १६ र कार\जिप एक हजार ३३२, भदौमा १५ मोटरसाइकल र कार÷जिप एक हजार १३३ र असोजमा १४ मोटरसाइकल कार÷जीप एकहजार १६३ वटाले पटके बुझाएका छन् । यी सबै भारतीय नम्बर प्लेटका सवारी हुन् ।

भारतीय निजी सवारी साधनहरुले एक आर्थिक वर्षमा बढीमा ३० दिन मात्र नेपालमा बस्ने अनुमति पाउँछन् । जसमा भन्सारबाट अस्थायी पैठारी अनुमति लिएपछि स्थानीय तहमा समेत पूर्वाधार उपभोग कर र प्रदेशका रुट पर्मिट र पटकेकर बुझाउनुपर्छ । भन्सारबाट अस्थायी अनुमति लिनका लागि सवारी साधनको ब्लुबुक, चालकको अनुमतिपत्र, र पहिचान पत्र आवश्यक पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्