त्रिभुवन विमानस्थलका विद्युतीय भर्याङ विज्ञापन राख्ने स्थानमा मात्रै सीमित

<span class='c1'>त्रिभुवन विमानस्थलका विद्युतीय भर्याङ विज्ञापन</span> <span class='c2'>राख्ने स्थानमा मात्रै सीमित</span>

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलस्थित आगमन कक्षमा यात्रुको सहज आवागमनका लागि राखिएका विद्युतीय भर्याङ तथा अन्य संरचना खासै प्रयोगमा आएको देखिँदैन । यात्रुको आवागमन सहज बनाउन विभिन्न स्थानमा जडान गरिएका उपकरण पूर्ण रूपमा उपयोगमा नआउँदा विमानस्थलका पूर्वाधारको प्रभावकारी उपयोगमाथि प्रश्न उठेको छ ।

अन्तर्राष्ट्रिय यात्रुको बाक्लो भीड लाग्ने आगमन कक्षमा कतै तेर्सो बाटो, कतै साँघुरा गल्ली र कतै प्रयोगमा नरहेका विद्युतीय भर्याङ देखिन्छन् । यात्रु आवागमनका लागि आवश्यक पर्ने थुप्रै संरचना निष्क्रिय अवस्थामा छन् । प्रयोगमा नरहेका विद्युतीय भर्याङ विज्ञापन राख्ने माध्यमका रूपमा भने उपयोग भइरहेका देखिन्छन् । विमानस्थलमा यात्रुको चाप व्यवस्थापन र आवागमन सहज बनाउन निर्माण गरिएका संरचना प्रयोगमा नआउँदा तिनको औचित्यमाथि प्रश्न उठेको छ । यात्रुको सुविधाका लागि राखिएका उपकरण सञ्चालनमा ल्याउन नसक्नुले उपलब्ध पूर्वाधारको उपयोगिता माथि नै मा प्रश्न उब्जिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्