शंकास्पद बिल भएको जिन्क ऐस लोड गरिएको ट्रक नियन्त्रणमा

<span class='c1'>शंकास्पद बिल भएको जिन्क ऐस</span> <span class='c2'>लोड गरिएको ट्रक नियन्त्रणमा</span>

विराटनगर। मोरङको उर्लाबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा शंकास्पद बिल बिजकसहित जिन्क ऐस लोड गरिएको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वार्टर मोरङको टोलीले विशेष सूचनाका आधारमा उर्लाबारीस्थित चिनियाँ कम्पनी बाट १३ हजार ९० केजी जिन्क ऐस लोड गरी सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १३४८ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । उक्त ट्रकको चेकजाँच गर्दा बिलमा उल्लेख भएको सामानको मूल्य र वास्तविक मूल्यांकनबीच रु १४ लाख फरक देखिएको गण हेडक्वार्टरले जनाएको छ ।

ट्रकमा ढुवानीकर्ता र क्रेताको विवरण पनि बिलअनुसार फरक–फरक देखिएको सशस्त्र प्रहरीले उल्लेख गरेको छ । राजस्व छली भएको हुन सक्ने आशंकामा ट्रकलाई जिन्क ऐससहित नम्बर ३ गण मोरङमा ल्याई राखिएको छ । आवश्यक अनुसन्धान तथा अन्य कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय दमकमा पत्राचार गरिएको गण हेडक्वार्टरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्