सिड्नी विमानस्थलमा बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री फेला : २७ वर्षीय युवकविरुद्ध मुद्दा

<span class='c1'>सिड्नी विमानस्थलमा बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री</span> <span class='c2'>फेला : २७ वर्षीय युवकविरुद्ध मुद्दा</span>

सिड्नी । अस्ट्रेलियाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा मोबाइल फोन जाँच गर्ने क्रममा बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री फेला परेपछि २७ वर्षीय एक युवकविरुद्ध अभियोग लगाइएको छ।

प्रहरीका अनुसार गत नोभेम्बर ८ मा विमानस्थलमा गरिएको मोबाइल फोन परीक्षणका क्रममा उक्त सामग्री फेला परेको थियो। त्यसपछि घटनाबारे थप अनुसन्धान अघि बढाइएको हो।

न्यु साउथ वेल्स (एनएसडब्ल्यू) प्रहरीसँगको सहकार्यमा गरिएको अनुसन्धानका क्रममा दक्षिण–पश्चिम सिड्नीस्थित एक निवासमा खानतलासी गरिएको थियो। सो क्रममा थप विद्युतीय उपकरणहरू बरामद गरी फरेन्सिक परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्रीलाई पीडितविहीन अपराधका रूपमा हेर्न नमिल्ने स्पष्ट पारेको छ। यस्ता प्रत्येक तस्बिर वा भिडियोको पछाडि दुव्र्यवहार र शोषणमा परेका बालबालिकाको पीडा जोडिएको प्रहरीले जनाएको छ।

प्रहरीले बालबालिकामाथि हुने यौन शोषणसँग सम्बन्धित सामग्रीको उत्पादन, भण्डारण र प्रसार गम्भीर अपराध भएको उल्लेख गर्दै यस्ता गतिविधिविरुद्ध अनुसन्धान र कारबाही जारी रहने जनाएको छ।

आरोपितमाथिको अनुसन्धान जारी रहेकाले अदालतबाट दोषी ठहर नभएसम्म उनलाई निर्दोष मानिने अस्ट्रेलियाली कानुनी सिद्धान्त लागू हुन्छ वकिलहरुको जिकीर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्