विराटनगरमा २५ वर्षे सांगीतिक यात्राको उत्सव मनाउँदै स्मृति ब्याण्ड

<span class='c1'>विराटनगरमा २५ वर्षे सांगीतिक यात्राको</span> <span class='c2'>उत्सव मनाउँदै स्मृति ब्याण्ड</span>

विराटनगरको पुरानो तथा लोकप्रिय सांगीतिक समूह स्मृति ब्याण्डले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउने भएको छ। पूर्वी नेपालमा लामो समयदेखि आफ्नो संगीतमार्फत श्रोता तथा दर्शकको मन जित्दै आएको ब्याण्डले वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक साँझ आयोजना गर्न लागेको हो।

आगामी २०८३ साल कात्तिक २८ गते शनिबार विराटनगरको मिल्स एरिया मेला ग्राउन्डमा आयोजना हुने ‘म्याक्स टाइगर मिल्स एरिया झिलिमिली साँझ’ मा चर्चित गायक एलिन चौहानले विशेष प्रस्तुति दिनेछन्।

कार्यक्रममा स्थानीय कलाकारहरू दि संस्कृति ब्याण्ड र शुभम न्यौपानेले समेत आफ्नो प्रस्तुति दिनेछन्।

स्मृति ब्याण्डको २५ वर्षे सांगीतिक यात्रालाई उत्सवका रूपमा मनाउन आयोजना हुन लागेको कार्यक्रम शनिबार साँझ ४ बजेदेखि सुरु हुनेछ।

कार्यक्रम फार्क क्लबको आयोजनामा तथा भाइरल इभेन्ट एन्ड इन्टरटेनमेन्टको सहआयोजनामा हुन लागेको हो। ओबी मिडिया कार्यक्रमको मिडिया पार्टनर रहेको छ।

२५ वर्षदेखि पूर्वी नेपालको सांगीतिक क्षेत्रमा योगदान दिँदै आएको स्मृति ब्याण्डको वार्षिकोत्सवले विराटनगरको सांगीतिक माहोल थप तताउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्