सन्देश सुबेदीको ‘अलि अलि बोल्दैमा’ को भिडियो रिलिज कार्तिक ३० मा

<span class='c1'>सन्देश सुबेदीको ‘अलि अलि बोल्दैमा’ को</span> <span class='c2'>भिडियो रिलिज कार्तिक ३० मा</span>

विराटनगरका गायक सन्देश सुबेदीको नयाँ गीत ‘अलि अलि बोल्दैमा’ को म्युजिक भिडियो सार्वजनिक हुने भएको छ। गीतको भिडियो आगामी कार्तिक ३० गते विराटनगरस्थित ह्यापी आवर हेभन रेस्टुरेन्टमा विशेष कार्यक्रमबीच सार्वजनिक गरिने भएको हो। भिडियो साँझ ६ बजे रिलिज हुनेछ।

गीतमा शब्द, संगीत र स्वर स्वयं सन्देश सुबेदीको रहेको छ भने एरेन्जमेन्ट उदयराज पौडेलले गरेका छन्। म्युजिक भिडियोको निर्देशन निश्चल राणाले गरेका छन्। भिडियोको छायांकन तथा सम्पादन ऋतिक शाह र एचएस फिल्म्सले गरेका हुन्।

भिडियोमा चर्चित भाइरल हुड डान्स टिमसँग सहकार्य गरिएको छ। साहिल खान, मनीष कटुवाल, लक्की खवास, बिक्की घिमिरे, प्रदीप सदा लगायतका कलाकारहरूको अभिनय रहेको भिडियोमा मोडल ग्रेसी मास्के श्रेष्ठ पनि देखिनेछिन्।

स्थानीय कलाकार, डान्स टिम र सिर्जनात्मक प्रस्तुतिको संयोजन रहेको गीतको भिडियोले दर्शकमाझ राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्