भारतमा प्रधानमन्त्री बालेनलाई दिइयो गार्ड अफ अनर

<span class='c1'>भारतमा प्रधानमन्त्री बालेनलाई दिइयो</span> <span class='c2'>गार्ड अफ अनर</span>

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा विशेष सम्मान दिइएको छ। भारतीय सेनाको टुकडीले उनलाई औपचारिक रूपमा ‘गार्ड अफ अनर’ अर्थात् सम्मान गारत अर्पण गरेको हो।

विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। त्यसपछि भारतीय सेनाको टुकडीले उनको सम्मानमा गार्ड अफ अनर प्रदान गरेको थियो।

समारोहमा नेपालको प्रतिनिधिमण्डलका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसहित उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो।

राष्ट्रपति भवनमा सम्मान गारत ग्रहण गरेपछि प्रधानमन्त्री शाह महात्मा गान्धीको समाधिस्थल राजघाटतर्फ प्रस्थान गरेका छन्।

भारतको राजधानीमा प्रधानमन्त्री शाहलाई दिइएको यो औपचारिक सम्मानलाई उनको राजकीय भ्रमणको महत्वपूर्ण समारोहका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्