विराटनगर । भन्सार विभागले कार्यन्वयनमा ल्याएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली (नेपाल नेशनल सिंगल वोइन्डोज सिस्टम–एनएसडब्ल्यु) मा सेवाग्राहीले टिआईभी घोषणा गर्नसक्ने प्रावधान रहेको छ ।
एनएसडब्ल्युप्रयोगमा आएपछि सेवाग्राहीहरुले टिआईभीसँग सम्बन्धित सम्पूर्ण घोषणाहरु अनलाइन पोर्टलमार्फत नैगर्नसक्ने थिए । जसले भन्सारमा हुने कागजी प्रक्रियालाई कम गर्नुका साथै सेवा प्रवाहलाई चुस्त बनाउने विश्वास लिइएको थियो । मालवस्तु आयात–निर्यातमा हुनसक्ने चुहावटलाई समेत रोकिने विश्वास थियो ।
तर, विभागको एनएसडब्ल्युमा जोडिनुपर्ने निकायहरु अहिलेसम्म आवद्ध नहुँदा भन्सार प्रशासनलाई अझै चुस्त बनाउन नसकिएको गुनासो गरिएको छ । यो गुनासोलाई अर्थमन्त्री डा.स्वर्णिम वाग्लेगत शुक्रबार विराटनगर आउनुहुँदा विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठलेउठाउनु भएको थियो । एनएसडब्ल्युमा गृहमन्त्रालय, नेपाल राष्ट्र बैंक, कृषि मन्त्रालय र औषधी व्यवस्था विभाग जोडिनुपर्ने भएपनि अहिलेसम्म आवद्ध नभएका हुन् । विभागले गत बैशाखदेखि नै भन्सार जाँचपास प्रक्रियालाई थप आधुनिक र प्रविधिमैत्री बनाउन भन्दै एनएसडब्ल्युपोर्टल कार्यन्वयनमा ल्याएको थियो ।
वस्तु आयात गर्दा पैठारीकर्ताले टिआईभीसँग सम्बन्धित जानकारी अनलाइन पोर्टलमार्फत नै दिनसक्नेसुविधा एनएसडब्ल्युमा ग रिएको छ । जसमा वस्तु आयातको स्वीकृत दिने मन्त्रालय र नेपाल राष्ट्र बैंक समेत आवद्ध रहने प्रावधान रहेको थियो । यो प्रविधिले भुक्तानी प्रणालीलाई इ–पेमेन्ट र म्यानुअलका दुवै विकल्प समेत उपलब्ध गराएकोछ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार विकल्प दिए अनुसारले मालवस्तु आयात स्वीकृत दिनेनिकाय नजोडिदाँ समस्या कायम रहेको हो । उहाँले यसको हल खोज्दा मात्रै पनि प्रशासन प्रशासनमा सुशासनकोकार्यन्वयनमा ल्याउन अझै सहज हुने बताउनुभयो । तर, औषधी व्यवस्था विभाग अहिलेसम्म यसमा आवद्ध नहुँदा औषधी तथा आयुर्वेदिकजन्य सामाग्रीको आयात–निर्यात सम्बन्धी अनुमति, सिफारिस र कागजातको प्राप्त गर्नसहज नभएको श्रेष्ठले गुनासो गर्नुभयो ।
वस्तुकति आयो भन्ने कागजी प्रक्रियाले यकिन हुँदैन, भन्सार प्रमुख श्रेष्ठले भन्नुभयो–सिस्टम नै बनिसकेपछि त्यसलाई पूर्ण कार्यन्वयन गर्नुपर्दछ भन्ने माग हो ।
यसैगरी नेपाल राष्ट्रबैंक समेत आवद्ध हुने भनिएका एनएनडब्ल्युपोर्टलमा अहिलेसम्म जोडिएको छैन । मालवस्तुजाँचपास हुनु अगावै आयात–निर्यातको भुक्तानी प्रक्रिया, विदेशी मुद्राको विनिमय दर र बैंकिङ कागजातहरुको प्रामाणिकताको पूर्व सूचना प्राप्त गर्न भन्सार कार्यालयलाईसहज भइरहेको श्रेष्ठले बताउनुभयो । राष्ट्र बैंकले प्रतीतपत्र, ड्राफ्ट÷टी.टी. वा डकुमेन्ट अगेन्स्ट पेमेन्छ÷एक्सेप्टेन्स जस्ता भुक्तानीका माध्यमको आधिकारिक विवरण भन्सार बिन्दुमा पहिल्यै आउनुपर्ने हो ।
यसैगरी गृहमन्त्रालय र मातहतका निकायले रासायनिक पदार्थ तथा विस्फोटक पदार्थको आयात, ओसार–पसार, सञ्चय र प्रयोगको इजाजत प्रदान गर्दछ । जसमा तेजाप तथा अन्य औद्योगिक वस्तुपर्दछन् । भन्सार प्रमुख श्रेष्ठका अनुसार कृषि मन्त्रालयको इजाजतमा ल्याउने मलखाद तथा आयुर्वेदिक औषधीका कतिपय वस्तुहरु समेत भन्सार जाँचपास प्रक्रियामा सहज भएको छैन ।
अर्थमन्त्री सहभागी हुनु भएको कार्यक्रममा मन्त्रालयका सह–सचिव सुमन दाहालले नीतिगत विषय भएकोले यसको समाधानकालागि बारम्बार छलफल भइसकेको बताउनु भएको थियो । उहाँले एकद्वार प्रणाली सुरु गर्नु अगावै सबैसँग यस विषयमा छलफल भइसकेकोले कार्यन्वयनका लागि सबैनिकायलाई जोड्न असहज नभएकोबताउनुभयो । सहसचिव दाहालले एनएसडब्ल्युमा जोडिनुपर्ने सबै निकायलाई चाँडै नै जोडिने बताउनुभयो ।