विराटनगर । गृहमन्त्री सुदन गुरुङ शुक्रबार साँझ विराटनगर आइपुगेका छन्। उनी शुक्रबार राति ८ बजे विमानमार्फत विराटनगर विमानस्थल ओर्लिएपछि कोशी प्रदेश प्रहरी कार्यालयतर्फ प्रस्थान गरेका हुन्।
गृहमन्त्री गुरुङ कुन कार्यक्रम वा विशेष प्रयोजनका लागि विराटनगर आएका हुन् भन्नेबारे हालसम्म आधिकारिक कार्यतालिका सार्वजनिक भएको छैन।
उनी आज राति कोशी प्रदेश प्रहरी कार्यालयमै बस्ने कार्यक्रम रहेको जनाइएको छ।