विराटनगरमा सूचना माग्न सिक्दै युवा, भ्रष्टाचार रोक्न १९ वटै वडामा अभियान!

<span class='c1'>विराटनगरमा सूचना माग्न सिक्दै युवा, भ्रष्टाचार</span> <span class='c2'>रोक्न १९ वटै वडामा अभियान!</span>

विराटनगर । सूचनाको हकको प्रभावकारी प्रयोगमार्फत भ्रष्टाचार न्यूनीकरण र सामाजिक रूपान्तरणमा नागरिकको भूमिका बढाउने उद्देश्यले विराटनगरमा युवालक्षित तालिम सञ्चालन गरिएको छ।

विराटनगर महानगरपालिका वडा नम्बर ७ मा साझा पहल समूहको आयोजनामा स्थानीय युवा तथा सर्वसाधारणलाई लक्षित गरी सूचनाको हकसम्बन्धी अभिमुखीकरण तथा तालिम सञ्चालन गरिएको हो। कार्यक्रममा प्रशिक्षकका रूपमा सहभागी युवा अभियन्ता विवेक दाहालले सूचनाको हक नागरिकले राज्यका निकायसँग जवाफदेहिता माग्ने महत्वपूर्ण औजार भएको बताए। उनले सूचनाको हकको सही प्रयोगले सरकारी निकायमा पारदर्शिता र सुशासन कायम गर्न, भ्रष्टाचार न्यूनीकरण गर्न तथा समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विषयमा सहभागीलाई जानकारी गराएका थिए।

तालिमलाई सैद्धान्तिक जानकारीमा मात्र सीमित नराखी सहभागीलाई सूचना माग्ने निवेदनसमेत आफैँ लेख्न लगाएर व्यावहारिक अभ्यास गराइएको थियो। कुन निकायसँग कस्तो सूचना माग्ने र सूचना माग्ने प्रक्रिया के हो भन्ने विषयमा समेत प्रशिक्षण दिइएको थियो। साझा पहल समूहकी रानु शाहका अनुसार विराटनगर महानगरपालिकाका १९ वटै वडामा यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। नागरिकलाई आफ्नो अधिकारबारे सचेत बनाउँदै सूचनाको हकको व्यावहारिक प्रयोग बढाउने अभियानको उद्देश्य रहेको उनले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्